Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

नेपाल टेलिकमद्वारा भुक्तानी बाँकी रहेको रकम दाबी गर्न आग्रह

नेपाल टेलिकमद्वारा भुक्तानी बाँकी रहेको रकम दाबी गर्न आग्रह

काठमाडौं, ११ माघ । नेपाल टेलिकमले लामो समयदेखि भुक्तानी नगरिएका कम्पनीलाई रकम दाबी गर्न आग्रह गरेको छ । टेलिकमले एक सूचना जारी गर्दै ५ वर्षअघि भुक्तानी नगरेका विभिन्न ५ कम्पनीलाई भुक्तानी गरिने जनाएको हो ।

रकम दाबीका लागि टेलिकमले मल्टीसिस पिटिई, वाइसिओ, पाथवे टेक्नोलोजी एन्ड सर्भिसेज, टेक वान ग्लोबल नेपाल र एसिया इन्फो लिंकेज टेक्नोलोजिज कम्पनीलाई आग्रह गरेको हो ।

टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालय जावलाखेलसँग हाल कारोबार नरहेका एवं विगत ५ वर्षभन्दा अघिदेखि भुक्तानी हुन बाँकी हिसाबमा देखिएको रकम फरफारक गर्नुपर्ने छ ।

आजका मितिले ३५ दिनभित्र लिनुपर्ने रकम सप्रमाणसहित दाबी पेस गर्न टेलिकमले आग्रह गरेको छ ।तोकिएको अवधिमा रकम दाबी नभएमा उक्त रकम भविष्यमा भुक्तानी गर्न नसकिने बताइएको छ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x