Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

पुस महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरे २ अर्ब ८४ करोड भन्दा बढी बीमा शुल्क

पुस महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरे २ अर्ब ८४ करोड भन्दा बढी बीमा शुल्क

काठमाडौं, ११ माघ । आर्थिक वर्ष २०८०/८१ को पुस महिनामा जीवन बीमा कम्पनीहरुले २ अर्ब भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमा कम्पनीहरुले पुस महिनामा ४ लाख ४२ हजार ६०६ वटा बीमा पोलिसी विक्री गरी २ अर्ब ८४ करोड ३५ लाख ६९ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ५५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।
पुसमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले पुसमा ५६ करोड २२ लाख ७४ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रहेको छ । पुस महिनामा ३७ करोड १४ लाख ५५ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको हो ।

त्यस्तै, हिमालयन लाइफले २४ करोड १८ लाख ७२ हजार रुपैयाँ प्रथम बीमा प्रिमियम संकलन गरेको छ । एलआइसी नेपालले २३ करोड ९९ लाख १५ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले २१ करोड ८६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले १७ करोड ९२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

आईएमई लाइफले १७ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले १७ करोड ८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १५ करोड ८६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ भने सानिमा रिलायन्स लाइफले १५ करोड ६२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी सन नेपाल लाइफले १४ करोड २६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले १२ करोड ४३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ भने प्रभु महालक्ष्मी लाइफले ७ करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x