Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

सामान्य अंकले घट्यो नेप्से परिसूचक

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, ११ माघ । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक ३ दशमलव ९४ अंकले घटेर २ हजार ८४ विन्दुमा बन्द भएको हो ।

बिहीबार ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ८९ हजार कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका कम्पनीहरुमध्ये ९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १५ वटा कम्पनीको मूल्य भने स्थिर छ ।

यसक्रममा सामलिङ पावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने सिटिजन्स म्यूचुअल फण्ड–२ को शेयर मूल्य ५ दशमलव शून्य ३ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स कम्पनीको २८ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x