भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल १०८ औं स्थानमा
काठमाडौं, १६ माघ । भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपाल १०८ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले सार्वजनिक गर्ने भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको स्तर केहि सुधारजनक देखिएकाे हाे ।
सन् २०२२ मा ११० औं स्थानमा रहेकाे नेपाल सन् २०२३ मा २ अंकले माथि उक्लिएर १०८ औं स्थानमा परेको हाे । १८० देशहरु सम्मिलित सूचकांकमा नेपाल सन् २०१२ मा १३९, सन् २०१३ मा ११६, सन् २०१४ मा १२६, सन् २०१५ मा १३०, सन् २०१६ मा १३१, सन् २०१७ मा १२२, सन् २०१८ मा १२४, सन् २०१९ मा ११३, सन् २०२० मा ११७, सन् २०२१ मा ११७ र सन् २०२२ मा११० औं स्थानमा रहेकाे थियाे । पछिल्लो एक दशकको अवस्था हेर्ने हो भने नेपालको अवस्था क्रमश सुधार हुँदै गएको छ ।
२०२२ मा ११० औं स्थानमा थियो । सयमा ३४ अंक प्राप्त गर्दै नेपाल ११० औं स्थानमा रहेकोमा सन् २०२३ मा यसमा केही सुधार भएको छ । नेपालले सन् २०२३ मा ३५ अंक प्राप्त गर्दै १०८ औं स्थानमा उक्लिएको छ ।