बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार (आज) बिहान १ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो ।
त्यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँले बढेको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसनले बढेको मूल्यसूची पठाएपछि सोही अनुसार आयल निगमले पनि मूल्य समायोजन गर्छ । आयल निगमले हरेक १५ दिनमा नयाँ मूल्यसूची प्राप्त गर्छ ।