महुली लघुवित्तले बनायो शेयरधनीको हात खाली
काठमाडौं, २८ माघ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष शेयरधनीको हात खाली बनाएको छ । माघ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको मुनाफा सञ्चित गरी गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णयसमेत कम्पनीले गरेको हो । यस कम्पनीले वर्षेनी शेयधरनीलाई लाभांश दिदै आएको थियो ।
गत वर्ष कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।