नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा फागुन ११ गते

काठमाडौं, २६ माघ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा फागुन ११ गते बिहान ११ बजे बस्ने भएको छ ।
माघ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चितवनको भरतपुरस्थित कम्पनीको प्रधान कार्यालय रहेको महर्जन कम्प्लेक्समा साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष आव०को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, सभाले कम्पनीको चुक्ता पूँजी ७५ करोडको ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्न शेयरधनीसँग स्वीकृति लिने र आवश्यक कार्यका लागि सञ्चालक समितिले अख्तियारी लिने सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ ।