Date

बिहि, बैशाख ४, २०८२
Thu, April 17, 2025

१० दशमलव ५० अंकले घट्यो नेप्से परिसूचक

१० दशमलव ५० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, २८ माघ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक १० दशमलव ५० अंकले घटेर २ हजार ८५ दशमलव ८२ विन्दूमा बन्द भएको हो ।

आइतबार १ करोड ५ लाख ७१ हजार कित्ता शेयर ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा खरिद विक्री भएको हो ।

कारोबारमा आएका कम्पनीहरुमध्ये ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी रहेका ८ वटाको स्थिर छ ।

आइतबार समाज लघुवित्त वित्तीय संस्था र कूथेली बुखरीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । कम्पनीको ६२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x