सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं, २९ माघ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको हो ।
त्यस्तै आज चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।