Date

शनि, साउन ३, २०८२
Sat, July 19, 2025

नेपाल इन्स्योरेन्सको मुनाफामा वृद्धि

नेपाल इन्स्योरेन्सको मुनाफामा वृद्धि

काठमाडौं, २९ माघ । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत वर्षको सोही अवधिको तुलनामा बढि हो । गत वर्ष कम्पनीले यस्तो नाफा १४ करोड ९७ लाख रुपैयाँ कमाएको थियो ।

त्यसैगरी, कम्पनीले चुक्ताँ पूँजीतर्फ १ अर्ब ४९ करोड ४७ लाख रुपैयाँबाट १० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको जगेडा कोषमा २३ करोड २२ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, कम्पनीको खुद बीमा शुल्क आर्जन २९ करोड ६७ लाख रुपैयाँ रहेको रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यस्तो रकम २८ करोड रुपैयाँ रहेको थियो। यस कम्पनीको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ५५ पैसा रहेको छ भने नेटवर्थ २०६ रुपैयाँ १४ पैसा रहेको छ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *