Date

शनि, पुस २०, २०८१
Sat, January 4, 2025

फागुनमा अधिकांश वाणिज्य बैंकको ब्याजदर घट्यो

फागुनमा अधिकांश वाणिज्य बैंकको ब्याजदर घट्यो

काठमाडौं, २९ माघ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर घटाएका छन् । माघको तुलनामा फागुनमा अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् ।

फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एभरेष्ट बैंक र हिमालयन बैंकले पुसको व्याजदरलाई माघमा पनि निरन्तरता दिएका थिए ।

कुन बैंकको ब्याजदर कति ?

फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाउनेमा कृषि विकास बैंक रहेको छ । माघ महिनामा व्यक्तिगत मुद्दतिमा ७ दशमलव २६ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ६ दशमलव ४४३ प्रतिशत ब्याज दिने भएको छ ।

स्टान्डर्ड चाटर्डले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ७ दशमलव ३५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ५ दशमलव ३५ प्रतिशत, प्राइम कमर्सियलले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ७ दशमलव ४ प्रतिशत र संस्थागत तर्फ अधिकतम ५ दशमलव ४ प्रतिशत, सानिमा बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ७ दशलमव ५१ प्रतिशत र संस्थागत तर्फ अधिकतम ५ दशमलव ५१ प्रतिशत ब्याजदर कायम गरेका छ ।

त्यसैगगरी एनआईएमबि बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८ प्रतिशत र संस्थागत तर्फ अधिकतम ६ प्रतिशत, प्रभुले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ७ दशमलव ५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ५ दशमलव ५ प्रतिशत, एनएमबि बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८ दशमलव ५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ६ दशमलव ५ प्रतिशत, ग्लोबल आइएमई बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ७ दशमलव ६ प्रतिशत र संस्थागत तर्फ अधिकतम ५ दशमलव ६ प्रतिशत र नबिल बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ७ दशमलव ७५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ५ दशमलव ७५ प्रतिशत ब्याजदर कायम गरेका छ ।

नेपाल एसबिआई बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८ दशमलव१ प्रतिशत र संस्थागत तर्फ अधिकतम ६ दशमलव १ प्रतिशत, कुमारी बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८ दशमलव १ प्रतिशत र संस्थागत तर्फ अधिकतम ६ दशमलव १ प्रतिशत, एनआईसी एशिया बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८ प्रतिशत र संस्थागत तर्फ अधिकतम ६ प्रतिशत, हिमालन बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८ दशमलव १५ प्रतिशत र संस्थागत तर्फ अधिकतम ६ दशमलव १५ प्रतिशत कायम गरेको छ ।

त्यस्तै, एभरेष्ट, लक्ष्मी सनराइन र माछापुच्छे बैंकले व्याक्तिगत मुद्दतितर्फ अधिकतम ८ प्रतिशत र संस्थागत तर्फ अधिकतम ६ प्रतिशत निक्षेपको ब्याज कायम गरेका छन ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x