कति छ आज डलर, युरो र पाउण्डको खरिददर ?
काठमाडाैं, ४ फागुन । शुक्रबार अमेरिकी डलर सँगै युराेपियन युराे र बेलायति पाउण्डकाे भाउ बढेकाे छ ।
आज १ अमेरिकी डलरकाे खरिददर १३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रुपैयाँ १८ पैसा रहेको छ । बिहिबार १ अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५६ र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम भएकाे थियाे ।
यस्तै शुक्रबारका लागि १ यूरोको खरिददर १४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४३ रुपैयाँ तोकेको छ ।
यता हिजाे १ पाउण्डकाे खरिददर १६६ रूपैयाँ २२ पैसा र बिक्रदर १६७ रूपैयाँ १० पैसा रहेकाेमा आज १ पाउण्डकाे खरिददर १६६ रूपैयाँ ३५ पैसा र बिक्रदर १६६ रूपैयाँ ९८ पैसा कायम भएकाे छ ।