महिला लघुवित्तको वार्षिक साधारण सभा फागुन २७ गते
काठमाडौं, ४ फागुन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा फागुन २७ गते बस्ने भएको छ । फागुन ३ गते आइतबार बसेको सञ्चालक समितिको बैंठकले सभा बोलाएको हो ।
उक्त सभामा लाभांशको कुनै अजेन्डा पनि पेश गरिने छैन । सभामा अन्य ‘घ’ वर्गका लघुवित्तलाई गाभ्नेरगाभिने ,प्राप्ति वा खरिद गर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गेर्न विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षणको प्रतिवेदन सहितको २०८० असार मसान्तसम्मको वासलात नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ।
यस्तै, कम्पनीले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने छ । त्यसैले फागुन १४ गतेसम्म कायम शेयरधनीले मात्रा सभामा भाग लिन पाउँनेछन् ।