आगामी बजेटबाट जलविद्युतमा भ्याट छुट हुने व्यवस्था लागु गर्न इप्पानकाे आग्रह
काठमाडाैं, ५ फागुन । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, (इप्पान) को नियमित कार्यक्रम फ्राइडे फोरम अन्तर्गत जलविद्युत् बीमा नीति र दृष्टिकोण विषयक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बिमाको दाबी भूक्तानी नपाएका विद्युत उत्पादक कम्पनीहरुले सार्वजनिक मञ्चमै चर्को असन्तुष्टि जनाएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले लविद्युत् आयोजनाको बीमामा न्युनतम शूल्क नतोकी प्रतिस्पर्धामा लैजान नेपाल बीमा प्राधिकरणलाइ निर्देशन दिनुभएको छ ।
खुल्ला बजार नीति अनुरुप जलविद्युत् आयोजनाको बीमा हुनुपर्ने उहाँले बताउनुभयो । जोखिम ट्रान्सफर गर्न बीमा गरिने भन्दै अर्थमन्त्री महतले सबैलाई एकैपटक समस्या नआउने र समस्या आएकोले समयमै रिटर्न पाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै इप्पानका अध्यक्ष गणेश कार्कीले सिमित आम्दानी भएका जलविद्युत आयोजनालाई एकातिर १० लाखको बीमा पोलीसीलाई एकै पटक ७० लाख पु¥याइएको र अर्को तिर मर्मत सम्भारमा प्रयोग हुने मेसिनरीमा २८ प्रतिशत भन्सार र मूल्य अभिवृद्धि कर लगाएर अफ्ठेरोमा पारेको बताउनुभयो ।
उहाँले जलविद्युत आयोजनाले भ्याट क्लेम गर्न नपाउने भएकाले आगामी बजेटबाट यो क्षेत्रलाई भ्याट छुट हुने पुरानै व्यवस्था लगाउन पनि अर्थमन्त्रीसमक्ष आग्रह गनुभयो ।