यो साता ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं, १२ फागुन । नेपाली बजारमा यो साता सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार यो साता सुनको मूल्य १ हजार १०० रुपैयाँले बढेको हो ।
गत शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार १०० रुपैयाँ थियो ।
यो साताको आइतबार सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको हो ।
त्यसयता, सोमबार १ लाख १८ हजार रूपैयाँ कायम भएको सुन मंगलबार स्थिर रहेको थियो ।
बुधवार सुनको मूल्य १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको थियो भने बिहीबार पुनः ४०० घटेको सुनको मूल्य शुक्रवार पनि स्थिर कायम रहँदै १ लाख १८ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै, यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । गत साताको शुक्रवार तोलामा १ हजार ४१० रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रवार १ हजार ३९५ रुपैयाँमा कारोबार भएको हो ।