Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

साताको शेयर बजारः ५६ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

साताको शेयर बजारः ५६ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौं, १२ फागुन । यो साताको शेयर बजार दिनहुँ घट्दो क्रममै रह्यो । कारोबार भएका ४ दिननै शेयर बजारको घट्दो यात्रा रोकिएन । साताभर कूल ५६ दशमलव २ अंकले बजार घटेको हो ।

पहिलो कारोबार दिन आइतबार २७ दशमलव २१ अंकले घट्यो भने मंगलबार पुन १ दशमलव ७६ अंक, तेस्रो दिन ६ दशमलव ४६ अंक र चौथो दिन २० दशमलव ७६ अंक बजार घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार यो साता १२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँभन्दा बढीको ३ करोड ५९ लाख ७४ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ।

गत साताभन्दा यो साता कारोबार रकम ८ अर्ब १२ करोड ४५ लाख रुपैयाँभन्दा कम र कारोबार कित्ता २ करोड ६ लाख ४० हजारभन्दा कम भएको हो ।

औसत कारोबारमा यो साता ३ अर्ब ८ करोड ४२ लाख रुपैयाँभन्दा बढीको ८९ लाख ९३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x