Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

सन सेक्युरिटिजकाे शेयर बजार सम्बन्धी आधारभूत तालिम सम्पन्न

सन सेक्युरिटिजकाे शेयर बजार सम्बन्धी आधारभूत तालिम सम्पन्न

काठमाडाैं, ११ फागुन । सन सेक्युरिटिज प्रालि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शुक्रबार काठमाडाैं महानगरपालिका वार्ड नं. ०१ सँगको सहकार्यमा “सन विथ कम्युनिटि” कार्यक्रमको शुरुवात गरेको छ । सन सेक्युरिटिज प्रालिको कार्यालय नक्सालमा काठमाण्डौ महानगरपालिका वडा नं. ०१ मा बसोबास गर्ने स्थानीय वासिन्दाहरुलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो ।

कार्यक्रम अन्तरगत सन सेक्युरिटिज प्रालिले वडा नं.०१ का स्थानीय वासिन्दाहरुलाई शेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरिएको छ । दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालित कार्यक्रममा काठमाण्डौ महानगरपालिका वार्ड नं. ०१ का सचिव  सर्वज्ञ राज पौडेलको प्रमुख आतिथ्य तथा सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सन विथ कम्युनिटि कार्यक्रम अन्तर्गत आजको कार्यक्रममा शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा शेयर बजारको वर्तमान अवस्था, शेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा ०१ भित्र वडाभित्र बसोबास गर्नुहुने करिब ६० जना स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्री सवज्र्ञ राज पौडेलले सन सेक्युरिटिजले काठमाण्डौ महानगरपालिका ०१ भित्र समुदायलाई लाभ हुने गरी सञ्चालित यस प्रकारको कार्यक्रमबाट ०१ नं. वडाबासीहरु लाभान्वित हुने बताए। साथै शेयरबजारमा लगानीगरी स्थानीयले अतिरिक्त लाभ आर्जन गर्न सक्ने भएको हुँदा प्राथमिक बजार तथा दोश्रो बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताए ।

यसैगरी कार्यक्रमका अध्यक्ष तथा सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले सन सेक्युरिटिज प्रालिले यस काठमाण्डौ महानगरपालिका वार्ड नं. ०१ भित्र धितोपत्र ब्रोकर व्यवसाय सञ्चालन गर्दैगर्दा यसको लाभ सम्पूर्ण ०१ नं. वडाका बासिन्दाहरुले पाउन सक्नुहोस् भनेर व्यवसायलाई कम्युनिटिसँग जोड्ने पहलस्वरुप यस प्रकारको कार्यक्रको शुरुवात गरिएको बताए । उनले यस्तो कार्यक्रम हरेक महिनाको दोश्रो शुक्रबार सञ्चालन गरिने बताए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x