कति छ आज सुनचाँदीकाे मूल्य ?

काठमाडाैं, १५ फागुन । नेपाली बजार मंगलबार सुनको मुल्य स्थिर रहेकाे छ भने चाँदी घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज साेमबारकै मूल्य १ लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
यस्तै, आज चाँदीको मूल्य ताेलामा १५ रूपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ ।