२८ दशमलव ६८ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं, १७ फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार बजार २८ दशमलव ६८ अंकले घटेर १ हजार ९७२ दशमलव ०९ विन्दुमा बन्द भएको हो।
बिहीबार ७४ लाख ७६ हजार कित्ता सेयर किबेच हुँदा २ अर्ब ५९ करोड रूपैयाँको सेयर कारोबार भएको छ।
आज धितोपत्र बजारमा कारोबार भएका कम्पनीहरुमध्ये १७ कम्पनीको सेयर मूल्य बढेको छ भने २२० वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बिहीबार बोटलर्स नेपाल (बालाजु) को सेयरमुल्य १० प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार सोनापुर मिनरल्स (सोना) को भएको छ ।