Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

खानीखोला हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

खानीखोला हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं, २३ फागुन । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद सेयर निष्कासन नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्न फागुन १७ गते बोर्डसँग अनुमति मागेको हो । हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्धकमा विक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको हो ।

कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम बैंकको ऋण तिर्नका लागि प्रयोग गर्ने जनाएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ । शत प्रतिशत हकप्रद सेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पुँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x