Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

सभापोखरी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

सभापोखरी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं, ४ चैत सभापोखरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौंमा चैत २४ गते दिउसो ३ बजे सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको प्रबन्धपत्र, तथा नियमावली र प्रचलित कानुनको अधिनमा रही सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।

आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ३० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x