Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा पोजेटिभ सर्किट

सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ६ चैत । सेयर कारोबारको पहिलो दिनमा सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नियमित सेयर कारोबार सुरु भएको १० मिनेटमा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ६११ दशमलव ६० रुपैयाँ कायम रहेको छ । नियमित कारोबार समयमा कम्पनीको सेयर मूल्य ५५ दशमलव ६० रुपैयाँले बढेको हो ।

कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि १८५ रुपैयाँ ३६ पैसा रुपैयाँ देखि ५५६ रुपैयाँ ८ पैसासम्मको सुरुवाती रेन्ज तोकेको थियो ।

सोमबार कम्पनीको ४ करोड ६५ लाख कित्ता सेयर सुचिकृत भएको हो । कम्पनीले बुक विल्डिंग विधिबाट आईपीओ निष्कासन गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x