Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

लक्ष्मी सनराइज बैंककाे ‘स्पार्क २४: नेतृत्वमा महिला सशक्तीकरण कार्यक्रम आयोजना

लक्ष्मी सनराइज बैंककाे ‘स्पार्क २४: नेतृत्वमा महिला सशक्तीकरण कार्यक्रम आयोजना

काठमाडाैं, १८ चैत ।लक्ष्मी सनराइज बैंकले कार्यस्थलमा महिलाको लागि समावेशी, समानता र सशक्तिकरण को संस्कृतिलाई प्रवर्द्धन गर्न आफ्नो अटल समर्पणलाई जोड दिँदै  “स्पार्क २४ः नेतृत्वमा महिला सशक्तीकरण-समावेशी प्रेरणा” कार्यक्रम आयोजना गरेकाे छ ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रतिनिधि टेरेसा दवन सान्चेज, एफवान सफ्ट ग्रुपका पियुष पौडेल र भायनेट कम्युनिकेसनकी सीईओ सेवा पाठक लगायत वक्ता उपस्थित थिए। उनीहरूले महिला नेतृत्व र सशक्तीकरणको बारेमा आफ्ना धारणा सेयर गरेका थिए ।

समापन मन्तव्यका क्रममा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले सक्रिय पहलहरूमार्फत आफ्ना महिला कर्मचारीहरूको व्यावसायिक विकास अभिवृद्धि गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

‘हामी महिलाहरूलाई व्यक्तिगत र व्यावसायिक रूपमा शसक्त बनाउन अनुकूल वातावरण प्रदान गर्नका लागि प्रयासरत छौं,’ सीईओले भने, ‘मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थललाई बढावा दिने हाम्रो अटल प्रतिबद्धता उत्पीडन र भेदभावको लागि शून्य सहनशीलता कायम गर्ने नीतिहरू मार्फत स्पष्ट हुन्छ।’
हाल लक्ष्मी सनराइज बैंकमा ३६ प्रतिशत महिला कर्मचारी छन् । यो संख्या महानगरहरूमा ४५ प्रतिशतसम्म रहेको बैंकको दाबी छ। काठमाडौं उपत्यकामा बैंकका करिब ४० प्रतिशत शाखा प्रबन्धकहरू महिला छन् भने २५ प्रतिशत विभागको नेतृत्व महिला ले गरेका छन्।

सीईओ शाहले सुधारको लागि निरन्तर प्रयास गर्ने बैंकको प्रतिबद्धतामा जोड दिए। उनले संगठनको संरचनाभित्र विविधता, समतामूलक र समावेशीताको औपचारिक घोषणा समेत गरे ।

बैंकले ‘स्पार्क २४’कार्यक्रममार्फत एक वार्षिक परम्पराको सुरुवात भएको बताएको छ। कार्यक्रमले सकारात्मक परिवर्तनलाई अगाडि बढाउने तथा सबैका लागि थप समावेशी र समतामूलक भविष्य निर्माण गर्ने बैंकको प्रतिबद्धतालाई सुदृढ पारेको बैंकले विश्वास लिएको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x