२६ वटा निर्माण कम्पनीलाई सात दिन भित्र स्पष्टीकरण दिन आदेश
काठमाडौं, १९ चैत। सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम सम्पन्न नगर्ने २६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने भएको भएको छ।
कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार भए प्रमाणसहित ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन जारी गर्दै एक सूचना प्रकाशन गरेको छ । कार्यालयले यसअघि ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निजहरुहरुको ठेगानामा सूचना पठाएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण नआएकोले सात दिनको समय थप गरेको जनाएको छ ।
त्यस्तै सात दिनको अवधिमा पनि स्पष्टीकरण पेस नगरेमा कालोसूचीमा राखिने कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरेको छ। कालोसूची राख्न सिफारिस हुनेमा रोशिस कन्स्ट्रक्सन, उमंग ट्रेडर्स, पौराई बाबा कन्स्ट्रक्स, साहनी विल्डर्स, न्यू जगतदेवी निर्माण सेवा, विवश इन्टरनेसनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, शोभा विल्डर्स एण्ड सप्लायर्स,लगायतका कम्पनीहरु रहेका छन् ।