Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

सुनको मूल्यमा नयाँ रेकर्ड , प्रतितोला १६ सयले बढ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड , प्रतितोला १६ सयले बढ्यो

काठमाडौं, १९ चैत । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १६ सय रुपैयाँले बढेको हो।

आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख ३० हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x