Date

शनि, चैत्र १, २०८१
Sat, March 15, 2025

कुमारी बैंकद्वारा ५ हजार ४ सय जनालाई वित्तीय साक्षरता प्रदान

कुमारी बैंकद्वारा ५ हजार ४ सय जनालाई वित्तीय साक्षरता प्रदान

काठमाडौं, १९ चैत। कुमारी बैंकले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले ग्लोबल मनी विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयहरुबाट १२३ ओटा वित्रीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेको थियो जसमा ५४ सय भन्दा बढी विद्यार्थी, विभिन्न संघ संस्था तथा समुदायमा आवद्ध सर्वसाधारणहरुले सहभागिता जनाएका थिए ।

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x