नेप्से ३ दशमलव ४३ अंकले घट्यो
काठमाडौं, २१ चैत। साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से परिसूचक) घटेको छ । आज नेप्से ३ दशमलव ४३ अंकले घटेर २ हजार ६ दशमलव ७८ को बिन्दुमा पुगेको छ ।
बुधबार ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज गुरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार सूर्य ज्योति लाइफ इन्स्योरेन्सको भएको छ ।