Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल उद्योग वाणिज्य दिवसका अवसरमा मनकामना दर्शन प्रालि सम्मानित

नेपाल उद्योग वाणिज्य दिवसका अवसरमा मनकामना दर्शन प्रालि सम्मानित

काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभाका अवसरमा महासंघले विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ ।

जस अनुसार आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय अन्तर्गत सबैभन्दा धेरै कर दाखिला गर्ने संस्था मनकामना दर्शन प्रा.लि सम्मानित भएको छ ।

प्रधानमन्त्री दाहालले मनकामना दर्शन प्रालि, सेल्स तथा मार्केटिङ निर्देशक यशु श्रेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन्।

मनकामना दर्शन प्रालिले गत वर्षपनि सोही विधामा सबैभन्दा बढी कर तिरेर सम्मानित भएको थियो ।

काठमाडौंको ताहचालस्थित सोल्टी होटलमा भएको साधारण सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थ मन्त्री वर्षमान पुन, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले सम्बोधन गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x