प्रतितोला २ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, २९ चैत । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य स्थिर छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।