Date

मङ्ल, जेष्ठ १५, २०८१
Tue, May 28, 2024

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड

काठमाडौं, २९ चैत । अरुण भ्याली हाइड्रोपावर कम्पनीले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको हकप्रद सेयर चैत्र २७ गते बाँडफाँड भएको हो ।

कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म हाल कायम चुक्ता पुंजीको १ः१ को अनुपातमा शत प्रतिशतले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता सेयर निष्काशन गरेको थियो । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार हकप्रदमा ३३ हजार ७ सय १४ जनाले आवेदन दिएकोमा उनीहरुलाई कुल १ करोड ६६ लाख ८७ हजार ४ सय ९२ कित्ता सेयर बाँडफाँड गरिएको छ । यस संगै बिक्री नभएको १९ लाख ९२ हजार १ सय ३४ कित्ता सेयर लिलाममा आउने छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x