Date

मङ्ल, जेष्ठ १५, २०८१
Tue, May 28, 2024

नेपालको आर्थिक वृद्धि ३ दशमलव ६ प्रतिशत बढ्ने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ३ दशमलव ६ प्रतिशत बढ्ने एडीबीको प्रक्षेपण

काठमाडौं, २९ चैत । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै २०२४ मा ३ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो ।

यस्तै आगामी वर्ष सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशतको हुने प्रक्षेपण छ । यो प्रक्षेपणले नेपालको अर्थतन्त्रमा सुधार आउने देखाएको छ । गत वर्ष सन् २०२३ मा एडीबीले नेपालको अर्थतन्त्र १ दशमलव ९ प्रतिशतले बढ्ने अनुमान गरेको थियो ।

एडीबीका अनुसार गत वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा व्यापक सुधार आउने छ । गत वर्ष जम्मा १ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण रहेकामा यो वर्ष ३ दशमलव ६ प्रतिशतको प्रक्षेपण भएको छ । यो वर्ष नेपालले दक्षिण एसियामा भारत, बङ्गलादेश, मालदिभ्स र भुटानपछिको सबैभन्दा धेरै आर्थिक वृद्धि हासिल गर्नेछ ।

दक्षिण एसियाली मुलुकमा भारतको अर्थतन्त्र सबैभन्दा धेरैले बढ्ने देखिएको छ । एडीबीको प्रक्षेपणअनुसार सन् २०२४ मा भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत हुनेछ । यो दक्षिण एसियाली मुलुकहरूको तुलनामा सबैभन्दा धेरै हो । यसपछि बङ्गलादेशको आर्थिक वृद्धिदर ६ दशमलव १ प्रतिशत हुने प्रक्षेपण एडीबीको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x