प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं, २४ वैशाख । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइतबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।