Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

सिटिजन लाइफले गर्यो लाभांश घोषणा

सिटिजन लाइफले गर्यो लाभांश घोषणा

काठमाडौं, २४ वैशाख । सिटिजन लाइफ इन्स्योरेन्सले २६ दशमलव ९८ प्रतिशत बोनस सेयर र १ दशमलव ४२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल २८ दशमलव ४० प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको वैशाख २३ गते आइतबार बसेको सञ्चालक समितिको बैंठकले सेयर प्रिमियममा रहेको रकमबाट लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी विशेष साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बोनस सेयर पश्चात यसको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x