नीति तथा कार्यक्रम जेठ १ गते संसदमा पेस हुने
काठमाडाैं, २८ वैशाख । सरकारकाे वार्षिक नीति कार्यक्रम जेठ १ गते संघीय संसदमा पेस हुने भएकाे छ । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/०८२ को नीति कार्यक्रम जेठ १ गते संसदमा पेस गर्ने निर्णय गरेकाे हाे ।
सरकारले वैशाख ३० गतेकै लागि नीति कार्यक्रमको तयारी गरे पनि संसदले आवश्यक तयारीका लागि समय मागेपछि दुई दिन पछि गर्नेगरी निर्णय गरेको हो।
सरकारका तर्फबाट राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने व्यवस्था छ। अघिल्लो वर्ष जेठ ५ गते नीति तथा कार्यक्रम पेस भएको थियो।