Date

सोम, जेष्ठ ७, २०८१
Mon, May 20, 2024

५ दशमलव ६३ अंकले बढ्यो नेप्से परिसूचक

५ दशमलव ६३ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २७ वैशाख ।

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ५ दशमलव ६३ अंकले बढेर १९६६ दशमलव २३ को विन्दुमा बन्द भएको हो ।

बिहीबार आज ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ ।

आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x