Date

सोम, जेष्ठ ७, २०८१
Mon, May 20, 2024

नेपाल रिइन्स्योरेन्सको साधारणसभा जेठ १७ गते

नेपाल रिइन्स्योरेन्सको साधारणसभा जेठ १७ गते

काठमाडौं, २७ वैशाख । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा जेठ १७ गते बस्ने भएको छ । कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले जेठ १७ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सभा बस्ने भएको हो ।

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

सभामा कम्पनीको हाल कायम चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७५० रुपैयाँको ४ दशमलव ७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३२८ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ शून्य दशमलव २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पेश गरि पारित गरिने जनाइएको छ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ६ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । त्यसैले, जेठ ५ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x