Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.२ प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.२ प्रतिशतले बढ्यो

काठमाडाैं, ३ जेठ । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.४०९ अर्ब ४ करोड (७.२ प्रतिशत) ले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.३५५ अर्ब ८९ करोड (७.० प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ ।

२०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.० प्रतिशत, २५.७ प्रतिशत र ६०.१ प्रतिशत रहेको थियो ।

२०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.७ प्रतिशत रहेको छ । २०७९ चैत मसान्तमा यस्तो निक्षेपको अंश ३६.३ प्रतिशत रहेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x