Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

ट्रेजरी बिल बोलकबोल मार्फत ५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

ट्रेजरी बिल बोलकबोल मार्फत ५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडाैं, ७ जेठ ।सरकारले ट्रेजरी बिल बोलकबोल मार्फत ५ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । आज (७ जेठ सोमबार)  १८२ दिन अवधिको ट्रजेरी बिल बोलकबोल हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हाे।

सोमबार नै ३२ अर्ब ७३ करोड ३२ लाखको विभिन्न अवधिको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

सोमबार २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ७ अर्ब २३ करोड ३२ लाख, १८४ दिन अवधिको ८ अर्ब र ३६४ दिन अवधिको ७ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने भएको हो ।

उक्त ट्रेजरी बिलको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x