Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

युवा उद्यमी जस श्रेष्ठ ‘एक्जिटो एक्सेलेन्स अवार्ड २०२४’ बाट सम्मानित

युवा उद्यमी जस श्रेष्ठ ‘एक्जिटो एक्सेलेन्स अवार्ड २०२४’ बाट सम्मानित

काठमाडाैं, ७ जेठ । जेए ग्रुपका कार्यकारी निर्देशक तथा युवा उद्यमी जस श्रेष्ठ ‘एक्जिटो एक्सेलेन्स अवार्ड २०२४’ अवार्डबाट सम्मानित भएका छन् । यात्रा प्लस र एक्जिटो इभेन्टद्वारा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उद्यमी श्रेष्ठले ‘एक्जिटो एक्सेलेन्स अवार्ड’ अन्तर्गतकाे  ‘योङ एचिभर अवार्ड’ पाएका हुन् ।

अवार्ड पाएपछि निर्देशक श्रेष्ठले अवार्ड पाएकाेमा खुशी व्यक्त गर्दै आगामी दिनमा व्यवसायिक क्षेत्रमा थप काम गर्दै जाने उर्जा मिलेकाे बताए ।

सामाजिक, व्यावसायिक तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई साे अवार्ड प्रदान गरिएकाे हाे । कार्यक्रममा डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खाली, शिक्षाविद् भुवनलाल श्रेष्ठ, लेखक महेश शमशेर राणा, पत्रकार सुरेन्द्र पौडेल, पाइलट विजय लामा, अपेनका महासचिव कृष्णकुमार बोहरा, युनिभर्सिटी अफ थ्रि जेनेरेसनका अध्यक्ष डा. राजेन्द्र केसी  लगायत विभिन्न क्षेत्रका ३० जना भन्दा बढी सम्मानित भएका छन् ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x