Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

विपक्षीको अवरोधबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विश्वासको मत

विपक्षीको अवरोधबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विश्वासको मत

काठमाडाैं, ७ जेठ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा चाैथाे पटक विश्वासको मत प्राप्त गरेका छन्। आजको प्रतिनिधि सभाको बैठकमा उपस्थित १५८ सांसद मध्ये १५७ जनाले उनकाे पक्षमा मत दिए भने एक सांसद तटस्थ रहे । विपक्षमा भने शुन्य मत परेकाे छ ।

प्रधानमन्त्री दाहाललाई सत्तारूढ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका थिए। याेसँगै सभामुख घिमिरेले प्रधानमन्त्रीले राखेको विश्वास मत प्रस्ताव बहुमतले पारित भएको पनि घोषणा गरेका छन‍्।

संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ–आफ्नो स्थानबाट उठेर नाराबाजी गर्दै विरोध जनाएका थिए  ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x