Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

१० महिनामा २१ अर्ब ९१ करोड बराबरकाे १६ हजार ४६७ विद्युतीय गाडी आयात

१० महिनामा २१ अर्ब ९१ करोड बराबरकाे १६ हजार ४६७ विद्युतीय गाडी आयात

काठमाडाैं, ९ जेठ । चालु आर्थिक वर्ष २०८०/८१ काे १० महिनामा कुल २१ अर्ब ९१ करोड ९ लाख रुपैयाँबराबरकाे १६ हजार ४६७ वटा विद्युतीय गाडी आयात भएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखसम्म कुल ७ हजार ९७० वटा तीन पाँग्रे विद्युतीय सवारी साधन, र ६ अर्ब ५२ करोड १२ लाख रुपैयाँ बराबरकाे ५० किलोवाट भन्दा माथिका ३ हजार ४७२ वटा गाडी आयात भएका छन् ।

यस्तै, १० महिनाको अवधिमा १३ अर्ब ८७ करोड ७४ लाख रुपैयाँबराबरको ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका कुल ४ हजार ८९६ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

यस्तै १०१ देखि २०० किलोवाटका कुल १०५ वटा सवारी साधन र २०१ किलोवाट माथिका २४ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

यस्तै बैशाख महिनामा मात्रै कुल २ हजार १०२ वटा विद्युतीय सवारी नेपाल आयात भएका छन् । विभागको तथ्यांकअनुसार कुल ६९८ वटा तीन पाँग्रे विद्युतीय सवारी आयात भएका छन् भने ५० किलोवाटसम्मका ५७० वटा र ५१ किलोवाटदेखि १०० किलोवाटसम्म्का ८१९ वटा गाडी, १०१ देखि २०० किलोवाटसम्मका कुल १२ वटा र २०१ किलोवाटदेखि माथिका तीन वटा मात्रै विद्युतीय गाडी भित्रिएका छन् ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । बजेटमार्फत सरकारले विद्युतीय गाडीमा राजस्व बढाउने हल्लाबीच बैशाखमा विद्युतिय सवारी साधनकाे आयात बढेकाे हाे ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x