Date

बिहि, कार्तिक १३, २०८२
Thu, October 30, 2025

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले अचानक राजीनामा दिए

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले अचानक राजीनामा दिए

काठमाडाैं, १३ कार्तिक । नेपाल राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले आफ्नो पदबाट राजीनामा दिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले केही दिनअघि रोसले राजीनामा पेश गरेको पुष्टि गरेका छन्। उनका अनुसार, रोसको राजीनामा एन्फा सचिवालयमा औपचारिक रूपमा दर्ता भइसकेको छ।

म्याट रोसलाई एन्फाले सन् २०२५ को मार्च महिनामा एक वर्षका लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। तर उनले कार्यकाल पूरा हुनुअघि नै पद त्याग गरेका हुन्।

उनको कार्यकालमा नेपालले सीमित संख्यामा मैत्रीपूर्ण खेल तथा क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाए पनि प्रदर्शन अपेक्षित स्तरमा पुगेको थिएन। प्रशिक्षक रोसले राजीनामाको कारण सार्वजनिक नगरेका भए पनि स्रोतका अनुसार हालको टिम व्यवस्थापन र प्रदर्शन दबाबका कारण उनले पद छोड्ने निर्णय गरेका हुन्।

एन्फाले अब नयाँ मुख्य प्रशिक्षकको खोज प्रक्रिया सुरु गर्ने तयारी गरेको जनाएको छ। संघले चाँडै अन्तरिम प्रशिक्षक तोकी आगामी खेलहरूको तयारी निरन्तरता दिने बताएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *