प्रतिभा डबली कार्यक्रममा कर्मचारीहरुको नविनतम आइडिया
काठमाडौं, १० जेठ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निजामती कर्मचारीहरुले आफ्ना कामहरुलाई सहज बनाउन नविनतम सोचहरु ल्याउन जमर्को गरेकोमा धन्यवाद दिएका छन् ।
मन्त्री जोशीले कर्मचारीहरुले आफ्नो काम र जिम्मेवारीसँगसँगै सरकारी निकायमा आएका र भोगेका समस्याहरुको समाधान गर्न नविनतम सोचहरु ल्याउन जमर्को गरेको भन्दै धन्यवाद दिएका हुन् ।
मन्त्रालयले विगत ३ वर्षदेखि आइडिया स्टुडियो नेपालको प्राविधिक सहयोगमा ‘प्रतिभा डबली’ कार्यक्रममा आयोजना गर्दै आइरहेको छ । निजामती कर्मचारीहरुको अन्तर्निहित प्रतिभाहरुलाई प्रस्फुटन गराउने उदेश्यले आफ्नो कार्यलयमा देख्दै र भोग्दै आएका सम्स्याहरुलाई आफ्नै आइडियाका मार्फतबाट समाधान गर्ने एवैं नागरिकको सरकारी कार्यलाई सहजीकरण गर्ने जमर्कोले प्रतिभा डबली कार्यक्रमको आयोजना गरिएको हो ।
सोहि कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालले सरकारले अघिल्लो संस्करणहरुमा प्रस्तुत भएका सोचहरु मध्ये कुनैनकुनै हिसाबले आफ्नो निती तथा कार्यन्वयनमाहरुमा प्रतिबिम्बित गरेको बताए ।
यस वर्षको प्रतिभा डबली कार्यक्रममा देशभरिका निजामती कर्मचारीहरुबाट प्राप्त ३५ आइडियाहरूमध्ये उत्कृष्ट १० आइडिएटरहरूले आफ्नो आइडियाहरुलाई प्रस्तुत गरेका थिए ।
‘प्रतिभा डबली’ कार्यक्रममा प्राप्त भएका आइडियाहरु मध्ये उत्कृष्ट १० आइडिएटरहरु ५ दिने इन्क्युबेशनमा समावेश भएका थिए । इन्क्युबेशनमा उनिहरुले बिभिन्न बिषयमा तालिम साथै अनुभव सिकाइका माध्यमबाट ज्ञान र शीप हासिल गरेका थिए जुन भविष्यमा व्यावसायिक बिकासमा पनि उपयोगी हुने छ ।