Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

२५६८औं बुद्ध जयन्तीमा राष्ट्रपतिको शुभकामना, शान्तिकादूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न आह्वान

२५६८औं बुद्ध जयन्तीमा राष्ट्रपतिको शुभकामना, शान्तिकादूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न आह्वान

काठमाडौं, १० जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औं बुद्धजयन्तीको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले शुभकामना सन्देश दिनुहुँदै भन्नुभयो,“स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसा प्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख,शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।”

शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको राष्ट्रपति पौडेलको धारणा छ । शान्तिकादूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भारव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास लिएको राष्ट्रपतिले बताउनुभयो ।

साथै, राष्ट्रपतिले आजै मनाइने किराँत समुदायको पर्व उभौलीको पनि शुभकामना दिनुभएको छ । यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका राई,लिम्बू,याक्खा,सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख,शान्तिर समृद्धिको लागि राष्ट्रपतिका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x