Date

मङ्ल, असार ११, २०८१
Tue, June 25, 2024

चीनको ग्वान्जाओमा नेपालको प्रभावकारी पर्यटन प्रवर्धन

चीनको ग्वान्जाओमा नेपालको प्रभावकारी पर्यटन प्रवर्धन

काठमाडौं, १० जेठ । चीनको ग्वान्जाओमा आयोजित ३२ औँ ग्वान्जाओ इन्टरनेश्नल ट्राभल फेयर (जिआईटीएफ) सम्पन्न भएको छ । उक्त व्यापार मेलामा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

ग्वान्जाओमा यहि मे १६ देखि १८ सम्म आयोजित उक्त ब्यापार मेलामा चीन र अन्य अन्तर्राष्ट्रिय देशहरुबाट ४० हजार भन्दा बढी जनताले सहभागिता जनाएका थिए । नेपाल पर्यटन बोर्डले १६ तारिखका दिन स्थानीय अप्रेटर्स तथा सहभागीहरुमाझ नेपालको पर्यटन गन्तव्यबारे प्रस्तुतीकरण गरेको थियो । सोहीदिन साँझ ‘वेष्टिन पाजाओ’ होटलमा आयोजित ‘बायर्स नाईट’ कार्यक्रमबीच पाटा नेपाल च्याप्टरले चाईना आउटबाउन्ड रिसर्च इन्टिच्युटबाट पर्यटन प्रवद्र्धनकालागि समग्र भूमिकाशीर्षक अन्तर्गत गोल्ड अवार्ड र जिआईटीएफ आयोजकबाट ‘द बेष्ट पार्टनर अवार्ड’ प्राप्त ग¥यो ।

सोहीअवसरमा नेपालपर्यटन बोर्डले ‘मोस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेशन अवार्ड’ र जुगल होलिडेजले ‘प्रोडक्ट इन्नोभेसन’शीर्षकमागोल्ड अवार्ड प्राप्त गरे ।

मे १७ तारिखमा आयोजित जिआईटीएफ २०२४ कन्फ्रेन्समा पाटा नेपाल कार्यसमिति सदस्य लाक्पाफुटी शेर्पा, पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेससिंह बुडाल र पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले “जलवायु परिवर्तनको परिप्रेक्षमा चिनियाँ पर्यटकहरुका लागि नेपालले प्रदान गर्ने दिगो पर्यटन उपजहरु” शीर्षक अन्तर्गत समूहगत छलफलमा सहभागिता जनाएका थिए ।

उक्त सेसनको सहजिकरण मकाउ युनिभर्सिर्टी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रोफेसर डा. टिमुदी लीले गरेका थिए ।

पाटा नेपाल च्याप्टरका सिइओ सुरेससिंह बुडालले चीन संसारको सबैभन्दा ठूलो पर्यटन स्रोतबजार भएको र विभिन्न गन्तव्यहरुले चीनलाई प्राथमिकतामा राखी प्रवद्र्धन तथा आक्रामक बजारीकरण गरिरहेको परिवेशमा नेपालको प्रवद्र्धन तुलनात्मक रुपमा निकै कम रहेको बताए ।

साथै न्यूजील्याण्ड, साउदी, हङकङ लगायत अन्य गन्तव्यहरुले चीनको विविध प्रान्तहरुमा आफ्नो पर्यटन बोर्डको शाखा कार्यालय तथा प्रतिनिधिहरुनै व्यवस्थापन गरी प्रभावकारी प्रवद्र्धन गरिरहेको पाइएको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x