Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

उर्जा क्षेत्रकाे विकासका लागि ५० अर्ब ७४ कराेड बजेट विनियाेजन

उर्जा क्षेत्रकाे विकासका लागि ५० अर्ब ७४ कराेड बजेट विनियाेजन

काठमाडाैं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा उर्जा क्षेत्रकाे विकासका लागि ५० अर्ब ७४ कराेड बजेट विनियाेजन गरेकाे छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट भाषणमार्फत यस्ताे घोषणा गरेका हुन् ।

आगामी आर्थिक वर्ष ९०० मेगावाट विजुली थप गरी राष्ट्रिय प्रणालीकाे विद्युत क्षमता ४ हजार ५०० मेगावाट पुर्याइने  र प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पुर्याइने अर्तमन्त्री पुनले बताए ।

यस्तै आगामी आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने, विद्युत प्रशारणलाइन निर्माण र विस्तार कार्यमा नीजि क्षेत्रसँग सहभागि हुने गरी कानूनी प्रवन्ध गरीने अर्थमन्त्री पुनले बताए ।

जलाशययुक्त जलविद्युत आयाेजनाकाे बाँध र विद्युत गृह छुट्टाछुट्टै प्रवर्धकबाट निर्माण गर्ने गरी नीजि क्षेत्रलाइ लगानी गर्न आकर्षित गरीने  बताए ।

सुख्खायामकाे माग पूर्ती गर्न १२० मेगावाट क्षमताकाे बुढीगण्डकी, ६७० मेगावाट क्षमताकाे दुधकाेशी, ४१७ मेगावाट क्षमताकाे मलसिङ्गार जलाशययुक्त जलविद्युत आयाेजना तथा २८० मेगावाट क्षमताकाे नाैमुरे बहुउद्देशीय जलविद्युत आयाेजना निर्माण कार्य शुरू गरीने बताइएकाे छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x