सुचना प्रविधी क्षेत्रमा १५ लाखलाई राेजगारी दिइने, १० वर्षमा ३० खर्बकाे सुचना प्रविधि निर्यात गरिने
काठमाडाैं, १५ जेठ । सरकारले नेपाललाई सुचना प्रविधी हवकाे रूपमा विकास गरीने बताएकाे छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ बजेट मार्फत सुचना प्रविधि क्षेत्रमा १० वर्षमा रू ३० खर्बकाे निर्यात गर्ने, ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष राेजगारी सिर्जना गर्ने लक्षयसहित आगामी आर्थिक वर्षलाई सुचना प्रविधि दशककाे प्रस्थान वर्षकाे रूपमा अगाडी बढाइने बताएकाे हाे ।
सुचना प्रविधिलाइ अर्थतन्त्रकाे सम्वाहक क्षेत्रकाे रूपमा स्थापित गरीने ,नविनतम प्रविधि अवलम्बन गर्न कानूनी आधार तय गरीने तथा कृतिम बाैद्धिकताकाे विकास प्रवर्द्वन र नियमनकाे व्यवस्था गरीने बजेटमा उल्लेख छ ।
सुचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिकाे भरपर्दाे र किलायति इन्टरनेट सेवा डाटा सुरक्षा र बाैद्धिक सम्पति संरक्षण प्रदान गरीने बताइएकाे छ ।
डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी साे काे कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गरिने र यसका लागि रू ५९ कराेड विनियाेजन गरिएकाे छ ।
साझा नीजि साझेदारीमा अत्याधुनिक सुचना प्रविधि हव सञ्चालनका लागि काठमाडाैंकाे डिल्लिबजार स्थित चारखालमा बहुतले संरचना निर्माण गरीने, ललितपूरकाे खुमलटारमा ज्ञान स्थापना गर्न रू १७ कराेड बिनियाेजन गरीएकाे छ ।
स्वदेशमा उत्पादित सफ्टवयरलाइ प्राथमिकता दिइ सार्वजनिक निकायले उपयाेग गर्ने व्यवस्था मिलाइने, सरकारी डाटा सेन्टरकाे स्तराेन्नति गरिने, नीजि क्षेत्रबाट सञ्चालन हुने डाटा सेन्टरकाे लागि मापदण्ड तयार गरीने, विद्युतिय तथ्यांककाे भण्डारण सूरक्षा र उपयाेगलाइ व्यवस्थित र भरपर्दाे बनाइने बताइएकाे छ ।
सुचना प्रविधि क्षेत्रमा स्नातक र स्नाकाेत्तर तहमा अध्ययन गरिरहेका युवालाइ सुचना पुविधि सम्बद्ध उद्याेगमा इन्टर्न गर्ने व्यवस्था मिलाइने छ ।