पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ कराेड विनियाेजन, आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडाैं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ कराेड विनियाेजन गरेकाे छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट भाषणमार्फत साे बजेट विनियाेजन गरेकाे घाेषणा गर्दै आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवद्धन कार्यक्रम सञ्चालन गरीने बताए ।
उनले नयाँ गन्तव्यकाे पहिचान तथा माैजुदा गन्तव्यकाे विकास र प्रवद्धनका लागि पर्यटकिय गन्तव्यकाे प्राेफाइल तयार गरीने, पर्यटकलाई एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था गरीने, पर्वताराेहण अनुमति प्रणालीलाई स्वचालित प्रणालीमा आधारीत बनाइने बताए ।
यस्तै छिमेछि मुलुक भारत र चीन तथा अन्य मुलुकका प्रमुख सहरमा पर्यटक लक्षित राेड साे, मेला, महाेत्सव जस्ता पर्यटन प्रवद्धन कार्यक्रम सञ्चालन गरीने सिमावर्ति जिल्लामा छिमेकी मुलुकका पर्यटक लक्षित पर्यटकिय स्थल, बजार स्वास्थ्य सुविधा विस्तार गरी सिमावर्ति पर्यटन प्रवर्धन गरीने बताए ।
नीजि क्षेत्रसँगकाे सहकार्यमा नेपाल भारत सिमा नाकाबाट पशुपतिनाथ, स्वर्गद्वारी, मुक्तिनाथ दर्शन यातायात सेवा सञ्चालन गरी तिर्थयात्रीलाइ सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाइने उहाँकाे भनाइ छ।
अर्थमन्त्री पुनले सातै प्रदेश समेटिने गरी चुरे पहाडी र हिमाली क्षेत्रका प्रमुख गन्तव्य स्थलमा पर्या पर्यटन प्रवर्धनका लागि टाकुरा पर्यटकीय गन्तव्य तथा मनाेरञ्जन पूर्वाधार सहितका इकाे हिलस्टेसन निर्माण गरीने, प्रदेश र स्थानिय तहसँगकाे सहकार्यमा यी स्थानहरूमा पहुँच मार्ग, विद्युत सेवा, खानेपानी सेवा पुर्याइने बताए ।
उनले पदमार्गमा आधारीत पर्यटकिय कार्यक्रम सञ्चालन गरी ग्रेट हिमालयन ट्रेल, मुन्धुम ट्रेल, गुरिल्ला ट्रेल लगायतका पर्यटकिय पूर्वाधारकाे विकास गरीने, पूराना प्रचलनमा रहेकाे पदमार्गकाे प्रवर्धन र संरक्षण गरीने, सम्भावित जाेखिमयुक्त क्षेत्रमा पर्यटकिय उद्धार केन्द्र स्थापना गरीने बताए ।