आर्थिक वर्ष २०८१-८२ का लागि १८ खर्ब ६० अर्बकाे बजेट सार्वजानिक (पुर्णपाठसहित)
काठमाडाैं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेकाे साे बजेट चालु आर्थिक वर्षकाे तुलनामा १ खर्ब ८ अर्ब ९९ कराेडले बढी हाे । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।
अर्थमन्त्री वर्षमान पुनले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेका हुन्।
बजेटमा १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन,५२ अर्ब ३३ करोड वैदेशिक अनुदान, २ खर्ब १७ अर्ब ६७ करोड वैदेशिक ऋण र आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिइएकाे छ ।
आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने र मुद्रा स्फीति ५.५ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ।