Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

नेपाल एसबिआई बैंक  र ‘फाेन पे’ बीच क्रस बाेर्डर भुक्तानी सम्झाैता

नेपाल एसबिआई बैंक  र ‘फाेन पे’ बीच क्रस बाेर्डर भुक्तानी सम्झाैता

काठमाडौं, २४ जेठ।नेपाल एसबिआई बैंक  र ‘फाेन पे’ बीच नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ ।

नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब युपिआइ आबद्ध एपहरू फाेन पे, बिएचआइएम युपिआइ, गुगल पे प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्नेछन् ।

बैंकलेPerson-to-Merchant (P2M) भुक्तानी च्यानल सञ्चालन गर्न फाेन पे प्रा. लि सँग सम्झौता गरेको हो । नेपाल एसबिआईकोफाेन पे नेटवर्कसँग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउँदै युपिआइ भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्नेछन्।

यस सम्झौताले नगदरहित कारोवारलाई प्रबद्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य राखेको छ ।

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमारको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पण्डा र फाेन पे प्रालि तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत यादवेंद कांत, प्रमूख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत,  रितेश अर्याल र फाेन पे प्रालिका प्रमुख व्यवसाय अधिकृत सुमित दास लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x